जन्मदिनको अवसरमा मुसिकोटका १२ विद्यालयलाई आर्थिक सहयोग

कौरव खत्री, गुल्मी । गुल्मी मुसिकोट नगरपालिका २ निवासी युवा समाजसेवी राम बहादुर केसीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयहरुलाई आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

समाजसेवी केसीले मुसिकोट नगरपालिका वडा नं. १का नेपाल राष्ट्रिय सर्वोदय माध्यमिक विद्यालय र जनज्योति माध्यमिक विद्यालय,वडा नं. २ का नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय,खस्थोक माध्यमिक विद्यालय,गंगा प्राथमिक विद्यालय,जनज्योति प्रावि,सिद्ध प्रावि,रुद्रावति प्रावि,युवा स्यंमसेवी प्रावि र वडा नं. ३ का पृथ्वी माध्यमिक विद्यालय र जनजागृति माध्यमिक विद्यालय तथा वडा नं. ४ को मुसिकोट माध्यमिक विद्यालय गरि १२ वटा विद्यालयहरुलाई प्रति विद्यालय ५हजार, १ सयका दरले विद्यालयका गरिव तथा जहेन्दार विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्ने घोषणा गर्नु भएको छ ।

१२ विद्यालयलाई एकमुष्ठ ६१ हजार,२ सय रकम अक्षयकोषमा रहने गरि समाजसेवी केसीले आफ्नो स्वर्गीय हजुरबुवा टोप बहादुर केसी, स्व.हजुरआमा इश्वरा केसीको स्मृतिमा आफ्नो जन्मदिनको अवसरमा विद्यालयहरुलाई सहयोग गर्ने केसीले बताउनु भयो ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको सहयोगदाता केसीले बताउनु भयो ।विद्यार्थीलाई शैक्षिक गतिविधिमा थप आकर्षण गर्न र उनीहरुलाई थप प्रोत्साहन गर्न आफुले सहयोग गरेको सहयोगी केसीको भनाई छ ।

सहयोगी केसीले मुसिकोटका विभिन्न सामाजिक संघ संस्थाहरुमा यस्तै परोपकारी कामहरु गर्दै आईरहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय