यस्तो छ आज देशभरको कोरोना अपडेट !

काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप १० सय ३१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार २ सय १ वटा परीक्षण गर्दा १० सय ३१९ जनामा कोरोना संक्रमण देखिएको हो । साथै पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४० जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ८ लाख २४ हजार २ सय ३९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित ८२ हजार ५ सय ५० जना रहेका छन्।

यसैगरी पछिल्लो २४ घण्टामा थप ४ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ५९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो पनि पढ्नुहोस् – गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज मुसिकोट नगरपालि वडा नम्बर १-९ मा रहेका बिभिन्न स्वास्थ्यचौकीहरुमा गरिएको १५ जनाको एन्टिजिन परिक्षणबाट ५ जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

आज कोरोना संक्रमित हुने मध्यमा मुसिकोट नगरपालिका वडा नम्बर ७ का ३ जना परुष, वडा नम्बर ४ का १ जना पुरुष र वडा नम्बर ६ का १ जना पुरुष रहेका छन् ।

आज थप ५ जना कोरोना संक्रमित थपिएसंगै मुसिकोट नगरपालिकामा कोरोनाको तेस्रो भेरियन्ट ( ओमिक्रोन) बाट संक्रमित भएका कुल सक्रिय संक्रमितको संख्या २२ पुगेको छ ।

अहिले संक्रमित सबैको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा संयोजक डिबी जिसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय