भुवन काफ्ले,मुसिकोट गुल्मी- यतिबेला नेपाली काङ्ग्रेस गुल्मी सङ्गसङ्गै मुसिकोट पनि सङ्गठन निर्माणमा जुटेको छ। जसअन्तरगत नेपाल महिला सङ्घ मुसिकोट नगरपालिका वडा नम्बर ५ आपचौरको वडा अधिवेशन सम्पन्न भएको छ ।
आइतबार आपचौरमा भएको अधिवेशनबाट साबित्रा तिवारीको सभापतित्वमा १३ सदस्यीय नेपाल महिला सङ्घ आपचौर वडा कार्य समिति गठन भएको छ ।
जसको उपसभापतिमा शान्ता तिवारी,सचिवमा निसा तिवारी र मेनुका गैरे निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यस्तै सह सचिवमा राधिका अर्याल,कोषाध्यक्ष साबित्रा भण्डारी निर्वाचित हुनुभएको छ, जसको सदस्यहरुमा सिता खरेल,सेवा सावत,राधा गैरे,साबित्रा घर्ती,अन्जु परियार,मुना खरेल लगायत रहनुभएको छ ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली काङ्ग्रेस गुल्मीका सदस्य धिरेन्द्र के सीले महिलाहरुले आफ्ना हक अधिकारहरुको लागि आवश्यक ठाउमा अझैपनि बोल्न नसकेको र आफ्ना आवाजहरु राज्यका नियामक निकायमा पुराउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
विशेष अतिथिको रुपमा बोल्दै पार्टी पुर्व जिल्ला सचिव हरिनारायण सापकोटाले महिला शशक्तिकरणको लागि पहिला महिला भित्रै हुने विभेद र व्यवहार अन्त्य गर्नुपर्ने कुरामा जोड दिदै आफुहरु सदा महिलाहरुको हकहित र अवस्था सुदृढीकरणको लागि तत्पर रहेको बताउनुभएको थियो ।
बोल्ने क्रममै नगर सभापति मोहन घिमिरेले महिलाहरुलाइ आर्थिक समृद्धिसङ्गसङ्गै अगाडि बढाएमा मात्र समाज र समुदाय सुसूचित हुने धारणा व्यक्त गर्नुभएको थियो ।
त्यस्तै महिला सङ्घ क्षेत्रीय सभापति मिना जि सीले महिलाहरुलाइ आर्थिक,सामाजिक र सास्कृतिक रुपमा अगाडि बढाउन स्थानिय तह र प्रदेश तथा सङ्घिय सरकारको ध्यान अझै पुग्न नसकेको कुरा व्यक्त गर्नुभएको थियो ।
शुभकामना मन्तव्यको क्रममा काङ्ग्रेस नगर सह सहसचिव सुस्मा सापकोटा तिवारीले महिलाहरु आफ्ना आवाजहरु राज्यका माथिल्ला निकायहरुमा पुराउनको लागि र आफ्ना हक अधिकारहरु सुरक्षीत र स्थापित गर्नको लागि सङ्गठित हुनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा पार्टी जिल्ला सदस्य धिरेन्द्र के सी,नेपाली काङ्ग्रेस मुसिकोटका सभापति मोहन घिमिरे,नेपाली काङ्ग्रेस गुल्मीका पुर्व सचिव हरिनारायण सापकोटा,काङ्ग्रेस मुसिकोट नगर उप सभापति सन्तोष शाक्य,सहसचिव सुस्मा सापकोटा तिवारी,महिला सङ्घ क्षेत्रीय सभापति मिना जिसि,नगर सदस्य महेन्द्र साहि,रबिन्द्र के सी महिला नेतृ चन्द्रकला अर्याल लगायतको सहभागिता रहेको थियो ।
मेनुका गैरेको स्वागत मन्तव्यसङ्गै सुरु भएको कार्यक्रमको सन्चालन मिना जिसीले गर्नुभएको थियो भने सभापतित्वआपचौरका पार्टी उपसभापति डण्डपाणि खरेलको रहेको पार्टि नगर सहसचिव सुस्मा सापकोटा तिवारीले जानकारी दिनुभयो ।