यस्तो छ पछिल्लो २४ घण्टाको कोरोना अपडेट !

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएकाृे छ । हाल देशभर ७७ हजार ४० संक्रिय संक्रमित छन् ।

यो पनि पढ्नुहोस् – धनगढी । कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही मिनेटमै एकजनाको मृत्युु भएको छ ।

आइतबार दिउँसो कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ‘के’ गाउँका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्युु भएको हो ।

‘दिउँसो करीब दुई बजेतिर उहाँ(मृतक) आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल खोपको दोस्रो डोज लगाएर घर फर्किनुुभएको थियो,’

वडाध्यक्ष भिखराम चौधरीले अनलाइनखबरसँग भने, ‘तर १५/२० मिनेटमै बाटोमै उहाँको मृत्युु भएको खबर आयो । अहिले शव आधारभुुत स्वास्थ्य केन्द्रमा राखिएका छ ।’

वडाध्यक्ष चौधरीका अनुसार अहिले स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि, सुरक्षाकर्मी, मृतकका परिवार र जनप्रतिनिधिबीच छलफल भइरहेको छ । मृत्युुको कारण भने खुल्न नसकेको उनले बताए ।

मृतक डगौराको घर स्वास्थ्य केन्द्रदेखि अन्दाजी एक किलोमिटरको दुूरीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय