मुसिकोटमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज वामीटक्सार स्वास्थ्यचौकी र बडागाउ स्वास्थ्यचौकीमा गरिएको ५ जनाको एन्टिजिन परिक्षणबाट ४ जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

संक्रमित हुने मध्यमा मुसिकोट नगरपालिका वडा नम्बर ७ का १ जना परुष र २ जना महिला त्यसै गरि मुसिकोट नगरपालिका वडा नम्बर ३ का १ जना पुरुष रहेका छन् ।

आज थप ४ जना कोरोना संक्रमित थपिएसंगै मुसिकोट नगरपालिकामा कोरोनाको तेस्रो भेरियन्ट ( ओमिक्रोन) बाट संक्रमित भएका कुल सक्रिय संक्रमितको संख्या १९ पुगेको छ ।

अहिले संक्रमित सबैको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा संयोजक डिबी जिसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय