भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ९ ददल्कामा पिकअप जिप दुर्घटना हुँदा ४ जना घाईते भएका छन् ।
मुसिकोट नगरपालिका वडा नम्बर ९ उर्लेनिबाट बाग्लुङको काँडेबास जाँदै गारेको लु १ च ७२९८ नम्बरको पिकअप जिप मुसिकोट ९ ददल्कामा शुक्रबार दिउस दुर्घटना भएको हो ।
दुर्घटनामा परि जिपमा सबार ७ जना मध्य चालक सहित ४ जना गम्बिर घाईते भएको र ३ जनाको अबस्था सामान्य रहेको बताईएको छ ।
जिप दुर्घटनामा परि घाईते ४ जनालई उपचारको लागि पाल्पा पठाईएको छ ।
बर्षाका कारण सडक चिप्लो भएका कारण जिप सडक करिब ४० मिटर तल खसेको ट्राफिक परहरि सुनिल थापाले जानकारि दिनुभयो ।


