काठमाडौं – कोरोना संक्रमण व्यापक बनेपछि बैंक तथा वित्तीय संस्थाले प्रवेशको लागि खोप कार्ड अनिवार्य गर्न थालेका छन् ।
मेगा बैंकले कुनै पनि शाखा वा कार्यालयहरुमा प्रवेशका लागि कोरोना विरुद्धको लगाईएको खोप कार्ड अनिवार्य गरेको छ । त्यस्तै ग्लोवल आईएमई बैंकमा पनि कार्ड देखाउनु पर्ने छ । बैंकले कोरोना संक्रमण जोखिमलाई नियन्त्रणका लागि भोलि अर्थात माघ ७ गतेदेखि कुनै पनि शाखा कार्यालयहरुमा प्रवेशका लागि अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड चाहिने व्यवस्था गरेको हो ।
यद्यपि, कोरोना विरुद्ध खोप लगाएको कार्डको मोबाइलमा फोटो भएपनि देखाउनुपर्ने बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
यो पनि पढ्नुहोस् – काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज पनि देशका विभिन्न स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ ।
दिउँसो पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै‚ पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भू–भागमा सामान्यतः सफा रहने भए पनि पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।


