गोविन्द कंडेल, मुसिकोट गुल्मी । ०६ माघ २०७८ , गुल्मीको मुसिकोट नगरपालिकामा आज थप २ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।
संकास्पद लक्षण देखिएका ७ जनाको आज वामीटक्सार स्वास्थ्य चौकी र पौदी अमराइ शहरी स्वास्थ्य केन्द्रमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाकाका २ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो । तेस्रो भेरियन्ट समुदायस्तरमा फैलिएको आशंकामा संकास्पद व्यक्तिहरुको परिक्षण गरिएको हो ।
आज संक्रमित हुनेहरुमा मुसिकोट नगरपालिका वडा नं. १ का ३० महिनाका एक बालक र वडा नं. १ कै ५४ वर्षिय एक महिला रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखाले सेरोफेरो नेपाललाइ जानकारि गराएको छ ।
बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ । कोरोना भाइरसको तेस्रो भेरियन्ट समुदायस्तरमा फैलिएको आशंकामा आज परिक्षण गरिएको हो ।
मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा परिक्षण गरेका १५ जना नागरिक संक्रमित भइ सकेको नगरपालिकाले जनाएको छ भने अन्य पालिकामा परिक्षण गरी प्रमाणित भएका संक्रमित समेत नगरपालिकामा रहेको नगरपालिकाले जनाएको छ ।


