भुवन काफ्ले मुसिकोट । महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ७ वामीटक्सार गुल्मीको ६३ औँ बार्षिकोत्सव समारोह भब्यताका साथ बिहिबार सम्पन्न भएको छ ।
विद्यालयको ६३ औँ बार्षिकोत्सव कार्यक्रम मंगलबार देकी सुरु भई बिहिबार सम्पन्न भएको tउक्त बार्षिकोत्सव समारोहको उद्घाटन मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा गर्नुभएको थियो ।
उक्त बार्षिकोत्सव समारोहमा अन्तर सदनात्मक बिभिन्ना खेलकुस तथा सांस्कृतिक कार्यक्महरु भएका थिए, जसमा मा.बि तर्फ माहाकालि सदान, नि.मा.बि तर्फ बाल सदन र प्रा.बि तर्फ म्यारिगोल्ड सदन प्रथम प्रथम भएको बिद्यालयका प्रद्यानाध्यापक देबिराम शर्माले जानकारी दिनुभयो ।
कार्यक्रमको पहिलो दिन उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले हिँजो कक्षाकोठाको अभाव भोगिरहेका विभिन्न विद्यालयमा सुविधा सम्पन्न भवनहरु निर्माणसगैं पठनपाठनमा समेत सहज भएको धारणा व्यक्त गर्नुभयो ।
पूर्वाधार विकास भन्दा पनि ठुलो शैक्षिक क्षेत्र रहेकाले अबका दिन नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी क्रमश बढाउँदै लैजाने उहाँको धारणा ब्यक्त गर्दै महेन्द्र मावि मुसिकोटकै सबैभन्दा उत्कृष्ट र नमुना विद्यालय बनेको भन्दै उहाँले आगामी दिनमा पनि यो गरिमा बचाईराख्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रधानाध्यापक देविराम शर्माले प्रधानाध्यापकको प्रतिवेदन प्रस्तुत गर्दै लामो प्रयास पछि यस क्षेत्रकै शैक्षिक धरोहरको रुपमा स्थापित विद्यालयमा हाल १ हजार भन्दा धेरै विद्यार्थीहरु अध्ययन गर्दै आईरहेको बताउनुभयो ।साथै उहाँले प्राविधिक तर्फ सिभिल ईन्जिनियरिङ विषयमा मुसिकोट नगरपालिका लगायत छिमेकी बाग्लुङ जिल्लाका समेत गरी ८७ जना विद्यार्थीले अध्ययन गरिरहेको जानकारी दिनुभयो ।
विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि हाल कक्षा नर्सरी देखि ११ सम्म अगेंजी माध्यम, ३ देखि ११ सम्म नेपाली माध्यम र कक्षा ९ देखि ११ सम्म प्राविधिक कक्षा सञ्चालन भईरहेको जानकारी दिनुभयो ।
विद्यालयल ब्यबस्थापन समितिका कार्यवाहाक अध्यक्ष टेक बहादुर रानाका सभापतित्व रहेको तिन दिने बार्षिकोत्सव समारोह कार्यक्रमको संचालन शिक्षक अनंतालाल भण्डारी, सरोजराज बौधाचर्य र महेश्वर घिमिरेले गर्नुभएको थियो ।


