होटल र सिनेमा हल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले अब होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले होटल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

उनका अनुसार सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको क्‍याक्सिन कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्‍ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्‍यवस्था मिलाउने गरी यही माघ ३ गतेदेखि लागू गर्ने निर्णय भएको छ ।

यो पनि पढ्नुहोस् -काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ’ उनले भनिन्, ‘ निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।’

बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरेको उनले जानकारी दिइन् ।

पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले अरु क्षेत्रभन्दा पहिले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय