पाकिस्तान बिस्फोटः प्रधानमन्त्री खानका विशेष सहयोगीसहित १५ को मृत्यु

इस्लामाबाद । पाकिस्तानको कराँचीमा भएको शक्तिशाली बिस्फोटमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । कराँचीको शेरशाह क्षेत्रस्थित एउटा व्यापारिक भवनमा शनिबार साँझ बिस्फोट भएको थियो ।

बिस्फोटमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहयोगी र पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीमा आबद्ध एक सांसदका बाबुकोसमेत मृत्यु भएको छ ।

बिस्फोटबाट भवनमा आंशिक रुपमा क्षति पुगेको छ । बिस्फोटपछि क्षतिग्रस्त भवनको भग्नावशेषमा केही व्यक्ति फसेको आशंकामा उद्दार कार्य तीव्र पारिएको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् ।

बिस्फोटका दर्जनौं घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बिस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ग्यास चुहावट वा अन्य केही बिस्फोटक पदार्थ पड्किएर भवन भत्किएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।यो पनि पढ्नुहोस् – सिरहा,-सिरहाको गोलबजार नगरपालिका- ६ मा दुई समूहबीच भएको छुरा हानाहानमा परि एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

छुरा प्रहारबाट घाइते भएका गोलबजार नपा ६ डोहटियाका २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नपा ९ मा रहेको आरके मेरिसिटी अस्पताल पुर्‍याए पनि उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले दुई समूहबीच झडप भएको र घाइते भएको जनाए पनि घटनाबारे अझै विस्तृत विवरण आइनसकेको जनाएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय