काठमाडौं । नेपाली राजनीतिमा आशलाग्दो युवा नेताहरुको रुपमा पहिचान बनाएका गगन थापा र विश्वप्रकाश शर्मा काँग्रेस महामन्त्रीमा निर्वाचित भएका हुन् ।
जारी १४ औं महाधिवेशन अन्तर्गत विहिबार भएको महामन्त्री पदको मतगणनामा अन्य चार नेताहरु प्रदीप पौडेल, डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल र राजाराम कार्कीलाई पछि पार्दै यी दुई नेताहरु विजयी भएका हुन् ।
कुल मतसंख्याः ४६८२ रहेको थियो । जसमा गगन कुमार थापाले ३०२३ मत पाएका छन् । जुन निर्वाचनमा कसैले पाएको हालसम्मकै धेरै मत हो ।
त्यस्तै अर्का विजेता विश्व प्रकाश शर्माले १९८४ मत पाएका छन् । त्यस्तै प्रकाश शरण महतले १५५०, प्रदिप पौडेलले १४०९, मिनेन्द्र रिजाल ८०९ र राजाराम कार्कीले १०७ मत पाए ।