सर्वाेच्चका १३ न्यायधिशहरुले प्रधानन्यायधिश राणाको राजीनामा माग्ने

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई निकास दिन आग्रह गर्ने भएका छन् ।

सोमबार सर्वाेच्चका १३ न्यायधिशहरुको बैठकले प्रधानन्यायधिशले नै समस्याको समाधान गर्नेगरी निकास दिन भोली भेटेरै आग्रह गर्ने निर्णय गरेको हो । उनीहरुले घुमाउरो भाषामा जबराको राजीनामा माग गरेका छन् ।

बैठकपछि न्यायाधीशले भने, ‘हामीले भोलि ११ बजे प्रधानन्यायाधीशलाई भेटेर राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेका छौँ।’

न्यायालयमा देखिएका समग्र समस्याको जड न्यायिक नेतृत्व प्रधानन्यायाधीश राणा भएको निष्कर्षमा पुगेका न्यायाधीशहरूले उनलाई घुमाउरो भाषामा राजीनामा गर्नुस् भन्न लागेका हुन् ।

विवादास्पद बनेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नियमित जस्तै पेशी तोकी आफू बाहेकका न्यायाधीशको इजलास तोकेका थिए । तर न्यायाधीशहरु भने इजलासमा नगएर सामूहिक छलफल गरेका हुन् ।

बैठकमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मा सहभागी थिए ।

न्यायधीशहरु इजलासमा नगई बैठकमा बसेपछि पेशी तोकिएका २ सय १६ मुद्दा प्रभावित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय