नेकपा एमाले मुसिकोट नगरपालिकाको ९ वटै वडाको अधिवेशन सम्पन्न

बिष्णु प्रसाद आचार्य घुल्मी । नेकपा एमाले गुल्मीले आज जिल्लाका सवै वडामा वडा अधिबेशन सम्पन्न गरेको छ ।

जिल्लामा रहेका ९३ वटा वडामा एकैपटक वडाअधिबेशन सम्पन्न भएको बताईएको छ । यसैविच मुसिकोट नगरपालिकाका ९ वटै वडामा सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।वडा नं १ मा सम्पन्न अधिवेशनबाट अध्यक्षमा नारायण बहादुर थापा र सचिवमा भुपेन्द्र रायमाझी सर्वसम्मत चयन हुनुभएको छ ।

त्यस्तै वडा नं २ मा हरि बहादुर कुँवर अध्यक्ष टिका थापा सचिव, वडा नं ३ मा मधु मल्ल अध्यक्ष र सचिवमा अशोक सोमै सर्वसम्मत चयन हुनुभएको छ । वडा नं ४ मा जुक्त बहादुर छन्तेल अध्यक्ष, उपाध्यक्षमा ओम बहादुर केसी र राजेश अधिकारी सचिव चयन हुनुभएको छ ।

वडा नं ५ मा चन्द्र खरेल अध्यक्ष र राजेश गुरुङ सचिव, वडा नं ६ मा हेमराज शर्मा अध्यक्ष, वडा नं ८ मा चुरा बहादुर खत्री अध्यक्ष र चन्द्र बहादुर घर्ती सचिवमा सर्वसम्मत चयन हुनुभएको छ ।

त्यसै गरी वडा नम्बर ७ को अध्यक्षमा टोप बहादुर शाक्य, उपाध्यक्षमा श्री कृष्ण सापकोटा, सचिबमा लक्ष्मण प्रसाद खरेल,सह सचिबमा भोजराज सापकोटा र सर्मिष्ठा शाक्य चयन हुनु भएको छ ।

भने वडा नं ९ मा उमाकान्त खरेल अध्यक्ष र सचिवमा कर्ण बहादुर विक चयन हुनुभएको छ । वडा अधिबेशनबाट आगामी २ वर्षका लागि ३१ जनाको कमिटी निर्वाचत भएको छ । कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिव गरि ५ जनाको पदाधिकारी निर्वाचित भएका छन् ।

वडा अबिधेशनमा ५ जना संगठित सदस्य बराबर १ जना गाउँ÷नगर प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको छ । त्यस्तै दलित÷महिला÷जनजातीको हकमा ३ जना संगठित सदस्य बराबर १ जना प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको एमाले नगर सचिव प्रकाश काफ्लेले जानकारी दिनुभयो ।

निर्वाचनको केन्द्रिय तालिका अनुसार कात्तिक ९ गते गाउँ, नगरपालिका अबिधेशन सम्पन्न हुदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय