बिभिन्न ३ ठाँउमा भएका दुर्घटनामा ४ जनाको मृत्यु, ४० बढी घाइते

काठमाडौं । सुर्खेत, सल्यान र मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ४० जना भन्दा धेरै घाइते भएका छन् ।

शनिवार दैलेखको बेस्तडाबाट सुर्खेत जाँदै गरको कर्णाली प्रदेश ००१ ख ०१६६ नम्बरको बस सुर्खेतको लादे ओरालोमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ  दुर्घटनामा २० जनाभन्दा धेरै यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटनामा दैलेखको नारायण नगरपालिका ११ का युवा सुशील राउत र भगवती गाउँपालिका १ की ३४ वर्षीया शान्ता थापा आचार्यको मृत्यु भएको हो । बस दुर्घटनापछि चालक फरार छन् । उक्त बस गाडी साहुले चलाएका प्रहरीले जनाएको छ ।

घाइतेहरु सुर्खेतका विभिन्न अस्पतालमा उपचारका भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।त्यसैगरी सल्यानको छत्रेस्वरी नगरपालिकामा ना ४ ख ७१८९ नम्बरको मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

शारदा नगरपालिका १ श्रीनगरबाट छत्रेस्वरी गाउँपालिकाको लैसे जाँदै गरेको बस छत्रेस्वरी गाउँपालिका ३ नारेमा दुर्घटनामा परेको हो । अप्ठ्यारो बाटोमा सहचालकले चलाउँदा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइते सबैको कर्णाली अस्पताल श्रीनगर सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।

उता मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै ना १ ज ४५११ नम्बरको टाटासुमो इन्द्रसरोवर गाउँपालिका–२ लामाबगरमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया–७ का ४५ वर्षीय राम सहनीको रहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घाइते चार जनाको ललितपुरको स्टार अस्पतालमा उपचार भइरहेको । अन्य ४ जनाको हेटौंडा अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय