बुटवल । रोल्पामा भीरबाट खसेको ढुंगाले लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
रोल्पा नगरपालिका–९ बस्ने २५ वर्षकी संगीता पुन र उनकी २ वर्षकी छोरी कृतिका पुनको ढुंगाले लागेर मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीका अनुसार सोही ठाउँको हाङ्वाङ भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु भएको हो ।
रोल्पामै भीरबाट लड्दा रोल्पा नगरपालिका–३ खुमेलका ४२ वर्षका तीर्थलाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
यो पनि पढ्नुहोस्
काठमाडौँ- गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
मंगलबार राती १२ बजेतिर भारी वर्षासँगै खसेको पहिरोले घर पुरिँदा रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।
मृतक तीनै जना दिदीबहिनी रहेको डीएसपी पाण्डेले जानकारी दिए । गंगा–जमुना जुम्ल्याहा हुन् ।
पहिरोले एक तले पक्की घर पुरिँदा बीचको कोठामा सुतेका तीन उनीहरुको मृत्यु भएको पाण्डेले बताए ।तीलकको ६ जनाको परिवारमा उनीसहित श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।