काठमाण्डौ । नेपालमा विजय दशमीमा नयाँ नोट प्रयोग गर्ने चलन छ ।
यसैलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंक असोज ४ गते देखि नयाँ नोट वितरण सुरु गर्ने भएको छ । केन्द्रिय कार्यालय तथा सम्पुर्ण प्रदेश कार्यालयबाट नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।
साथै क वर्गका बैकहरुले समेत आफ्ना ग्राहकलाई नयाँ नोट वितरण गर्ने छन ।
जसको लागी सबै बैकलाई नयाँ नोट पठाइसकेको बैकको भनाई छ । हरेक बर्ष विजया दशमीमा नयाँ नोट वितरण गर्ने बैकले गत बर्ष भने केवल सफा नोट मात्र वितरण गरेको थियो ।
कोरोना महामारीका कारण दशैमा रौनक नभएपछि गत बर्ष नयाँ नोट वितरण नगरिएको बैकले जनाएको थियो । राष्ट्र बैंक प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।