सप्तरीमा भएका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

सप्तरी । सप्तरीमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ ।शम्भुनाथ नगरपालिका ३ कचन्दाहाका २५ वर्षीय कृष्ण मण्डलको पोखरीमा डुबेर मृत्यु भएको छ ।

बिहीबार साँझ घर नजिकैको सार्वजनिक पोखरीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मण्डल छारे रोगको बिरामी रहेको बुझिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

यसैगरी तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ३ सकरपुराका ११ वर्षीय चन्दन ठाकुरको करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै घरमा जडान गरिएको डिस होमको रिसिभरलाई सफा गने क्रममा उनलाई करेन्ट लागेको र घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै, सदरमुकाम राजविराजमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

राजविराज नगरपालिका–५ स्थित राजविराज–कुनौली सडक खण्डमा को ७ प ४४१० नम्बरको मोटरसाइकललाई स १ त २८७८ नम्बरको ट्याक्टरले ठक्कर दिंदा मोटरसाइकलको पछाडि सवार विष्णुपुर गाउँपालिका ५ कट्टी बस्ने ६० वर्षीय लेल्है खंगको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको तथा शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय