पिकअप र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

बागलुङ : बागलुङको बुर्तिबाङमा पिकअप जिपले मोटर साइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् ।

ढोरपाटन नगरपालिका वडा नम्बर १ पेट्रोल पम्प नजिक विपरित दिशाबाट आएको ग २ च ७६६७ नम्बरको पिकअप जिपले ग ५ प १९९९ नम्बरको को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रोहित थापा घाइते भएको प्रहरीले जनाएको छ ।

थापाको शरिरको विभिन्न भागमा चोट लागेको हो उनलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न थालेको इलाका प्रहरी कार्यालय

बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।- बागलुङ पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय