सुदूरपश्चिममा एमालेलाई अर्काे झड्का !

काठमाडौं । सुदूरपश्चिममा एमालेलाई अर्काे झड्का लागेको छ ।

एमाले विभाजन भई नयाँ दर्ता भएको नेकपा एकीतृत समाजवादीमा सोमबार थप अर्का सांसदले सनाखत गरेसँगै एमालेले पहिलो दलको हैसियत पनि गुमाएको छ ।

प्रदेश सांसद सुशीला बुढाथोकीका अनुसार सोमबार माया तामाङ बोहोराले एमाले छोडेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेकी हुन्।

योसँगै एकीकृत समाजवादीका पक्षमा १४ सांसद पुगेका छन्। ५२ सदस्यीय प्रदेश सभामा यसअघि एमालेका सभामुखसहित २५ जना सांसद थिए। पार्टी विभाजन भएपछि एमालेमा ११ जना सांसदमात्र बाँकी रहेका छन्।

प्रदेश सभामा अब माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ। प्रदेश सरकार चलाइरहेको माओवादीका १३ जना सांसद छन्।

नेपाली कांग्रेसका १२ जना सांसद छन् भने जनता समाजवादी पार्टीका २ जना सांसद छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय