गुल्मीमा जिप दुर्घटना

गुल्मीमा जिप दुर्घटना भएको छ । जिल्लाको मदाने गाउँपालिका तीन सिर्सेनी बाट सदरमुकाम तम्घास आउदै गरेको लु २ च ६०७४ नम्वरको जिप इस्मा गाउँपालिका ६ शान्ती बगैचा भन्ने स्थानमा दुर्घटना भएको हो ।

बेक्र फेल भएर जिप दुर्घटना भएको बताईएको छ । दुर्घटनामा परी जिपमा सवार ६१ वर्षीय शंकर विक घाईते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी ९डिएसपी० पुरुषत्तम पाण्डेले बताए ।

जिपमा पाँच जना सवार रहेको र अन्य चार जना सामान्य रहेको गुल्मी प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय