बुधबार बिहान प्युठानमा स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घ,टनामा परेको छ।
बुधबार बिहान स्वर्गद्वारी नगरपालिकास्थित मन्दिर भन्दा ५०० मिटर तलको सडकमा जीप दु.र्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए। लु १ ज १६५५ नम्बरको जीप सडकबाट डेढ सय मिटर तल खसेको हो।
उनका अनुसार दु;र्घटना हुँदा दुई जनाको घ/टनास्थलमै मृ*त्यु भएको छ। ‘दुई जनाको ‘स्पटडेथ’ भएको छ,’ प्रहरी निरीक्षक गैरेले जानकारी दिनुभयो।
त्यस्तै, अन्दाजी १२ जना घा.इते समेत भएको उनले बताए। सो जीपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी रहेको उनले जानकारी दिए। यद्यपी कति जना कर्मचारी सवार थिए भन्ने अहिले खुलिसकेको छैन।
जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार दु;र्घटनामा गुल्मीका प्रशासकीय अधिकृत र चालकको मृ,त्यु भएको हो।
प्रशासकीय अधिकृत श्याम न्यौपानेको मृ/त्यु भएको उनले बताए। चालकको भने परिचय खुलिनसकेको उनले बताए।
गम्भीर घाइते रहेका चार जनालाई हेलिकप्टरमार्फत् काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए।
‘१४ जना चढ्नु भएको रहेछ। कर्मचारी र कर्मचारीको परिवार। स्वर्गद्वारी नपुग्दै जीप दु:र्घटना भएको छ। अहिले चाहिँ प्रशासकीय अधिकृत श्याम न्यौपाने र चालकको मृ,त्यु भएको छ,’ सिडिओ भुसालले भने,
‘घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा उपचार भइरहेको छ। ग,म्भीर चार जनालाई हेलिकप्टरमार्फत् काठमाडौं पठाउने तयारी छ।’
सेतोपाटी डटकमको साहयोगमा