काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली फागुन १७ गते पोखरा जानुहुने भएको छ ।
प्रतिनिधिसभा पुनःस्थापना भएपछि पहिलो पटक राजधाानी बाहिरको कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री कास्की जानुहुने भएको हो ।आफूनिकट कार्यकर्ता भेलालाई सम्बोधन गर्न उहाँ पोखरा जाने कार्यक्रम रहेको छ ।
यसअघि प्रधानमन्त्री ओली फागुन १५ गते जनसभालाई सम्बोधनका लागि जाने कार्यक्रम तय थियो । तर संसद् पुनःस्थापना भएपछि उक्त कार्यक्रम स्थगन गरिएको थियो ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्न अन्य शीर्ष नेताहरू पनि उपस्थित हुने बताइएको छ ।-ज्योतिन्यूज