काठमाडौं । निर्वाचन आयोगले मध्यावधि चुनावको तयारी राम्रो नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन् ।
अझैसम्म निर्वाचन कार्यक्रम प्रकाशित नभएको भन्दै उनले घोषित चुनावविरुद्ध कुनै षड्यन्त्र नगर्न चेतावनी दिएका छन् ।निर्वाचन गर्नुपर्ने निकायले निर्वाचनको तयारी समयमा गर्नुपर्दछ । मैले ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचनको तयारी गर्नुस् भन्या छु,’
शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने,
‘अस्ति गएर सोधें, तयारी गरिरहेका छौँ भन्नुभयो तर कार्यक्रम प्रकाशित भएको छैन ।’
उनले अघि भने, ‘के तयारी गर्दै हुनुहुन्छ ? त्यति राम्रो देखिएको छैन । आयोगको तयारी जनताले त्यति थाहा पाएजस्तो लाग्दैन ।’
कतिपयले निर्वाचन गराउन घोषणा गरिएको होइन भनिरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसको खण्डन गरे ।
उनले भनोक छन्, ‘तोकिएकै मितिमा निर्वाचन गर्नका लागि निर्वाचनको मिति घोषणा गरिएको हो । त्यसका विरुद्ध कुनै प्रकारको षड्यन्त्र नहोस् भन्ने म चाहान्छु ।’
प्रधानमन्त्री ओलीले आफूले संविधान नमिचिने दाबी समेत गरेका छन् । चुनावले लोकतन्त्र समाप्त नहुने भन्दै उनले भने, ‘वैशाखमा चुनाव हुन्छ, सरकार बन्छ अनि संविधान कहाँ मिचियो ?’
यो पनि पढ्नुहोस्
विराटनगर । नेकपा ओली समूहले आज (शनिबार) विरारटनगरमा सभा गर्दैछ । यसअघि अन्य प्रदेशमा सभा गरेको सो समूहले आज प्रदेश १ को राजधानीमा गर्न लागेको हो ।
नेकपा दुई समूहमा विभाजित भएपछि दुवै समूहले आफ्नो शक्ति देखाउने थलो सडकलाई बनाउँदै आएका छन् ।
दाहाल नेपाल समूहले यसअघि विराटनगरमा सडक नै अवरुद्ध गराएर सभा गराएको थियो भने नेकपा ओली समूहले प्रदर्शनी स्थलमा सभाको आयोजना गरेको छ ।
विराटनगरमा हुने कार्यक्रमलाई प्रधानमन्त्री तथा सो समूहका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
साथै सभालाई गृहमन्त्री रामबहादुर थापा, नेता सुवास नेम्वाङ, प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायत नेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रिय सदस्य विनोद ढकालले जानकारी दिनुभयो
उहाँका अनुसार विराटनगर–२ स्थित विराट नर्सिङ होमपूर्व हुने आमसभाको तयारीको सबै काम पूरा भएको छ । कार्यक्रम सफल बनाउन नेकपाका प्रदेश अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय जनपरिचालन मूल कमिटी गठन गरेको थियो ।
सभामा मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा, भोजपुर र उदयपुरबाट नेता–कार्यकर्ताको सहभागिता रहने बताइएको छ ।-ज्योतिन्यूज