काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस देशमा गरिबलाई हेर्ने माया गर्ने सरकार रहेको बताउँदै कोही पनि भोकै बस्न नपर्ने बताउनुभएको छ ।

काठमाडौँमा आमसभालाई सम्बोधन गर्दै उहाँले हिजो नेपाल बन्द गरेर अर्काे पक्षले गरिबको नोक्सान गरेको भन्दै उनीहरुको क्षतिपूर्ति पनि सरकारले व्यहोर्ने बताउनुभयो ।‘आज तपाईहरुलाई यहाँ उपस्थित हुन नदिनको लागि हिजो नेपाल बन्द गरियो, गरिबको लागि काम गर्ने भन्ने, श्रमजीविको लागि काम गने भन्ने

तर, बुढीआमाले बेच्न राखेको तरकारी बाटोभरी छरेर क्रान्ति गर्न खोजियो, त्यही हो उहाँहरुको क्रान्ति ?किसानहरुका मूला फालियो, तरकारी फ्याँकियो, तयही हो उहाँहरुको पार्टी ?

‘ उहाँले भन्नुभयो, ‘गरिबको छोराको ट्याक्सीमा आगो लगाएर, धन्न बाचे बिचरा, ट्याक्सी भित्र गरिब चालक जलाउन खोज्ने सर्वाहारा पार्टी रे ।

चिन्ता नगर्नुस गरिबको नोक्सान भएको कुरा सरकारले हेर्छ, यस देशमा गरिबलाई हेर्ने माया गर्ने सरकार छ ।

शान्तिलाई स्थापना गर्ने सरकार छ । जनता ढुक्क हुनुस ।’

उहाँले प्रचण्ड नेपाल पक्षले अब शाकाहारी आन्दोलनले हुन्न भनेर भनेको भन्दै भन्नुभयो, ‘यो भनेको चिकन चिल्ली खान्छु भनेको हो ?

उहाँहरुले नरभक्षी आन्दोलन भनेको हो, म उहाँहरुलाई भन्न चाहान्छु, नेपालमा अब नरभक्षी आन्दोलन हुँदैन, यस्ता दिन गए, नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन ।’

इतिहासकै सबैभन्दा ठूलो जनसभा अहिले काठमाडौँमा भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘फेरी पनि मान्छे सोधिरहेका छन् मूल पार्टी कुन हो भनेर, अहिले पनि कोही अलमलमा परेका छन् तिनीहरुलाई कठैबरा भन्न मात्र सकिन्छ ।

यही हो मूल पार्टी, यो कम्युनिष्ट पार्टीको मात्र मूल पार्टी होइन, देशकै मूलपार्टी हो । देश बनाउने पार्टी हो, देशको रक्षा गर्ने पार्टी हा , सार्वभौमसत्ता र स्वाधीनता रक्षा गर्ने र त्यसको ठीक ढंगले काम गर्ने पार्टी हो ।’

‘इतिहासका्े हिसाबले, बर्तमानको हिसाबले र देश बनाउने संकल्प भएको पार्टी भएको हुनाले यो पार्टी नै मूल पार्टी हो, अझै पनि बताइरहन पर्छ ? ‘

उहाँले भन्नुभयो, ‘मलाई लाग्छ, आजबाट कुन पार्टी मूल पार्टी भन्ने कुरा कुन पार्टी सक्कली र नक्कली भन्ने कुराको टुँगो लाग्यो, फैसला भयो अब ।’

समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारको चाहना भएको र त्यसको लागि विकासका काम गरिरहेका बताउनुभयो ।

यस तीन बर्षमा मात्रै ६ हजार किमी बाटोहरु कालोपत्रे गरेका, चार सय बढी पक्की, ४ सय बढी झोलुँगे पुल बनाएको, विद्युत आयोजनाहरु सफल बनाएको, सबस्टेशनहरु दिनैपिच्छे उद्घाटन गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय