काठमाडौं-संसद विघटन विरुद्ध परेका रिटहरूमा सुनुवाई गर्न सर्वोच्च अदालतमा अहिले बहस भैरहेको छ ।
बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र अधिवक्ताहरूबीच चर्काचर्की भएको छ
राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा ‘ल्याप्चे’ लगाएको भनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा रिसाएका छन् । उनले ‘ल्याप्चे’ शब्द प्रयोग गर्ने अधिवक्तालाई तपाईंको कुरा म सुन्दिन भनेका छन् ।
“ल्याप्चे भनेको के हो थाहा छ तपाईंलाई,” राणाले रिसाउँदै भने, “भयो तपाईंको कुरा म सुन्दिनँ ।”
पुस ५ गते संसद विघटन भएपछि असंवैधानिक भन्दै दायर रिटमा संवैधानिक इजलाशमा सुनुवाई जारी छ ।
यो पनि पढ्नुहोस्
काठमाडौ । २०५३ साल पछाडी त्रिविको परीक्षा पास हुन नसकेका परीक्षार्थीका लागि अन्तिम मौका परीक्षा फारम खुलेको छ । ३–४बर्षे वार्षिक प्रणालीमा दोस्रो बर्षमा अध्ययन गर्ने प्राईभेट, नियमित, आंशिक वा मौका परीक्षाको निमित्त परीक्षा फारम भर्नको लागि कुरी रहनु भएका विद्यार्थी (परीक्षार्थीहरु) ले परीक्षा फारम यहि २०७७ पौष ०९ देखि माघ ०८ गते सम्म आ–आफ्नो क्याम्पस वा कलेजबाट परीक्षा फारम भर्नु होला साथै प्राईभेट तर्फका परीक्षार्थीहरुले त्रि।वि परीक्षा नियन्त्रण कार्यालय बल्खु वा क्षेत्रीय परीक्षा नियन्त्रण कार्पयालहरुबाट परीक्षा फारम भर्न सक्नु हुनेछ ।
३ बर्षे अन्तर्गतका परीक्षार्थीहरुको लागि यो एउटा सुवर्ण र अन्तिम मौका पनि हो किन कि यसपाली ३ बर्षे अन्तर्गतका परीक्षार्थीको भविष्यलाई ख्यालमा राखी ३ बर्षे कार्यक्रम लागू भए देखिको यता (विं.सं. २०५३–०५४ भन्दा पछाडिका सबै हाल सम्मको लागि) का लागि विशेष अवसर पनि हो एवम् मौका परीक्षाको रुपमा त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय ले परीक्षा फारम खुलाएको छ ।
सम्बन्धित सबैको लागि विशेष सुचना तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।