शाइन रेसुङ्गा वि.बैंक बामीले स्थानियको उपस्थीतीमा मनायो बार्षिक उत्सव

शाइन रेसुङ्गा विकास बैंक वामी शाखाले आफ्नो स्थापना कालको १४ औं बर्ष प्रवेसको अवसरमा जेष्ठ नागरिकको सम्मान गरि उत्सव मनाएको छ ।

बैंकका कर्मचारी सूर्य प्रसाद खनालको सन्चालनमा सम्पन्न कार्यक्रममा स्थानिय बयोवृद्ध ९५ बर्षिय लालचन श्रेष्ठको सम्मान गरि उहाँबाटै कार्यक्रमको सुभारम्भ भएको हो ।

गुल्मीबाटै सुरु भएको बैंक यहाँका स्थानियहरुको बलमा राष्ट्रिय स्तरमा पुगेको भन्दै वामी शाखाले स्थानियहरुको उपस्थीतिमा १४ औं बार्षिक उत्सव मनाएको हो । बैंकको निमन्त्रणालाई स्विकार गरि स्थानियहरुले बैंक संगै हर्षसाथ उत्सव मनाएका थिए ।

वामीमा शाईन रेसुङ्गा विकास बैंकले पहिलो पटक स्थानियको साथमा उत्सव मनाएको हो ।

छोटो समयको उक्त कार्यक्रममा शाखा प्रबन्धक धुर्व आर्चायले बैंक मात्र बैकिंग गतिविधीका लागि नभई यहाको समाजको आर्थिक उन्नतीका लागि पनि साझेदार भएको बताउनुभएको थियो ।

शाखाका कर्मचारी सूर्य प्रसाद खनालले स्थानियहरुकै आवस्यकता पूर्तिका लागि बैंकले काम गर्ने र स्थानियहरुकै सदभावद्धारा बैंकको विकास हुने कुरा स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय