काठमाडौं- सदनको गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली अनुपस्थित छन् ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले ओली र राजेन्द्र लिङदेनबाहेक सबै उपस्थित रहेको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका संसदीय दलका नेता माधवकुमार नेपाल,

जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल सहभागी छन् ।

राप्रपाका लिङ्देन उपत्यका बाहिर रहेकाले उपस्थित हुन नसकेको संसद सचिवालयले जनाएको छ ।

माधव नेपालसहित १४ जना सांसदको कारवाहीको विषयलाई लिएर एमालेले सभामुख र निर्वाचन आयोगमाथि प्रश्न उठाउँदै निरन्नतर संसद अवरुद्ध गरिरहेको छ । सभामुखको राजीनामा समेत मागेको छ । यहीँ बेला सभामुखले गतिरोध अन्त्यका लागि सम्वाद थालेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय