अनिष पन्थी गुल्मी
नेकपा एमालेका सचिव एवं पुर्व मन्त्री प्रदीप ज्ञवालीले दलहरु ठिक छन कि बेठिक छन त्यो छुट्याउने अरुले नभएर जन्ताले छुट्याउने बताउनुभएको छ।

प्रेस चौतारी नेपाल गुल्मी शाखाले आइतबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले राजनीतिक दलको मुल्यांकन जनताले गरेको उल्लेख गर्नुभएको छ।

पछिल्लो राजनीतिक अबस्थाको शक्ति सन्तुलन खलबलिएको र सर्बोच्च अदालत बाट प्रधानमन्त्री बन्ने बिषय गम्भीर भएको उहाले बताउनुभयो ।

यस अघि आफू प्रराष्ट्र मन्त्री हुदा जिल्ला बासीसबैको साथ पाएको मन्त्री ज्ञवालीको भनाइ छ र साथ दिनुहुने सबैलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको छ।

यस्तै मन्त्री ज्ञावालीले जिल्लामा खानेपानी समस्या अन्त्य गरेको, खरको छाना बिस्तापित गरेको,सबै पालिकामा हस्पिटल निर्माणको लागि ठेक्का समझौता भएको ,जिल्लाको शैक्षिक सुधार गर्दै बिधालयहरुलाइ आइटी मैत्री बनाउने योजना रहेको उल्लेख गर्नुभयो।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय