मुसिकोटमा सेवाको वरिपरी जनता होइन जनताको वरिपरि सेवा भन्ने भावना अनुसार काम गरिने

विष्णुप्रसाद आचार्य “चकित” मुसिकोट गुल्मी
गुल्मीको मुसिकोट नगरपालिकाले सेवाको वरिपरि जनता होइन जनताको वरिपरि सेवा भन्ने भावना अनुरुप सेवा प्रवाह गर्ने नीति ल्याएको छ ।

आइतबार मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित प्राविधिक शिक्षालयको सभाहलमा सम्पन्न नवौं नगरसभाबाट नगरप्रमुख सोमनाथ सापकोटाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रममा उक्त विषय समेटिएको छ ।

साथै प्रस्तुत गरिएका नीति तथा कार्यक्रम सर्वसहमतिबाट पास समेत भएको छ ।

सेवाग्राहीले सरकारी निकायबाट सेवा लिने क्रममा विभिन्न गुनासा आइरहेका बेला मुसिकोट नगरपालिकाले यस्तो नीति ल्याएको हो । नीति तथा कार्यक्रममा भनिएझै गरि कार्यान्वयनमा लागू भएमा सेवा लिने क्रममा आवश्यक कागजात पुगेका नागरिकले अनावश्यक झन्झट बेहोर्नुपर्ने छैन ।

उक्त शिर्षकमा थप स्पष्ट हुने गरि भनिएको छ – सेवाग्राहिलाइ सम्मानपुर्वक सेवा प्राप्त गर्ने अवसर सिर्जना गरिनेछ ।

जनताको नजिकको सरकारको नाताले सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय,भरपर्दो,नागरिकमैत्री बनाइ सुशासनको प्रत्यक्ष अनुभुति दिलाइनेछ ।

त्यस्तै घरदैलोको सरकारको नाताले सेवाग्राहिका गुनासा तथा सुझावहरु सम्बन्धित नजिकको पदाधिकारी समक्ष सोझै पठाउन सक्ने व्यवस्था मिलाइनेछ । सोही सेवा प्रभावकारी बनाउनको लागि कर्मचारी तथा जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम सन्चालन गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय