मुसिकोटमा काम गर्ने क्रममा सबै पक्षको सहयोग मिलेको छ -प्रमुख प्रशाशकीय अधिकृत भुषाल

विष्णुप्रसाद आचार्य “चकित” मुसिकोट गुल्मी

गुल्मीको मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले काम गर्ने क्रममा आफू र आफ्नो सिङ्गो कर्मचारिको समुहलाइ सबै पक्षबाट सहयोग भएको बताउनुभएको छ

शनिबार सामाजिक वहसमा कुराकानीका क्रममा मुसिकोटका सामाजिक संघसस्था,यहाको समुदाय,सरकारी तथा गैह्र सरकारी सस्थाहरु, राजनितिक दल, जनप्रतिनिधि लगायतको सहयोग मिलेको र नगरपालीकामा कार्यरत सिङ्गो कर्मचारी समूह खुसी रहेको भुषालले बताउनुभयो ।

कोरोना विपतमा यहाका सम्बद्द सबैले देखाएको तदारुकताप्रती उहाले मुक्तकण्ठले प्रशम्सा गर्न चाहेको पनि उहाले बताउनुभयो ।

उहाले आफ्नो लामो समयसम्मको विभिन्न ठाउको सेवाकालिन समयको स्मरण गर्दै आजको दिनसम्म आफ्नो कार्यप्रती कसैले औला उठाउने काम नगरेको र आफुले सबैलाइ मिलाएर काम गर्न सकेकोप्रती आत्मसम्मान मिल्ने पनि उहाको भनाइ छ ।

तत्काल अवस्थामा मुसिकोट नगरपालिकाले २०७८/०७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपुर्व राय तथा सुझाव संकलन गरेको र मुसिकोटवासीले समग्रमा मुसिकोटको दीगो विकाश र समृद्धिलाई जोड दिएको उहाको भनाइ छ । यसै प्रसङ्गमा बसाइँसराइ रोक्न रोजगारीका अवसर सिर्जना गर्नुपर्ने समग्र सबैको ध्यान आकर्षण भएको पनि भुषालले बताउनुभयो ।

कुराकानीकै क्रममा मुसिकोटमा शुशासन कायम रहेको पनि उहाले बताउनुभयो, नागरिकले पाउनुपर्ने सुचना र जानकारीप्रती आफुहरु सधै तयारी अवस्थामा रहेको पनि उहाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय