काठमाडौँ । आइतवार हेर्दाहर्देमा राखिएको संसद विघटनविरुद्ध परेका रिटहरुको सुनुवाई सोमबार अर्थात आज भने नहुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिरामी भएको कारण आज संवैधानिक यजलास नबस्ने भएको हो ।
सर्वाेच्च स्रोतले इजलास स्थगन भएकोबारे पुष्टि गर्दै भन्यो, – ‘सम्माननीयज्यू बिरामी पर्नुभयो, त्यसैले आज संवैधानिक इजलास बस्दैन’।
जबराले आफु अस्वस्थ भएको जानकारी अदालत प्रशासनलाई गराउँदै अर्काे इजलास बुधबार बस्ने जानकारी दिनुभएको छ । प्रधानन्यायाधीश राणाको स्वास्थ्यमा के समस्या भएको हो भन्नेचाहिँ खुलिसकेको छैन।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गर्नुभएको थियो ।
बरिष्ठताको आधारमा इजलास गठन गरिएको भएपनि हिजो सरकारी पक्षका वकिलले विरोध गरेका कारण मुद्धामा नै प्रवेश नगरी इजलास स्थगन गरिएको थियो ।
इजलासमा भएका न्यायाधीशहरूमाथि नै प्रश्न उठेपछि अघिल्लो सातादेखि यो इजलास मुद्दाको मूल विषयमा अघि बढ्न सकेको छैन। आइतबार पनि न्यायाधीशहरूको निष्पक्षतामाथि प्रश्न उठेपछि त्यसमै बहस भएको थियो।