बागलुङ : कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर वडा नम्बर १ की ७० वर्षीया महिला संक्रमितको मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि जेठ एक गते धौलागिरी अस्पतालमा भर्ना भएकी उनको मंगलबार राति १२ ः २५ मा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । बागलुङमा पछिल्लो केही दिन यता संक्रमण हुनेको मृत्यु बढि राखेको छ ।
सोमबार पनि एक संक्रमितको मृत्यु भएको थियो । योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।- बागलुङ पोस्ट
यो पनि पढ्नुहोस् गुल्मीको मुसिकोट नगरपालिकामा सोमबार थप ७ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।
संकास्पद लक्षण देखिएका १०जनाको सोमबार वामीटक्सार स्वास्थ्य चौकी र वडागाउँ स्वास्थ्य चॏकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका ७ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो । दोस्रो भेरियन्टबाट हाल सम्म संक्रमित भएकाहरू मध्ये सोमबार ६ जना संक्रमण मुक्त भएका छन ।
सोमबार संक्रमित हुनेमा मुसिकोट नगरपालिका वडा नं. ६ का १ जना पूरूष त्यसैगरी वडा नं. ७ का ४ जना पूरूष र २ जना महिला रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डि.वि.जि.सी.ले सेरोफेरो नेपाललाइ जानकारि दिनु भयो । वडा नं. ७ बाट संक्रमित भनिएका मध्ये ४ जना नगर कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीको परिवार हो भने वाँकी सवै समुदाय स्तरका व्यक्तिहरू हुन ।
बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ ।
कोरोना भाइरसको दोस्रो भेरियन्ट मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा २०९ जना नागरिक संक्रमित भइ सकेको नगरपालिकाले जनाएको छ ।
कुल २०९ जना संक्रमित भएकोमा हाल सम्म संक्रमणका कारणले ६ जनाको मृ,त्यू भइसकेको, १२३ जना कोभिड – १९ संक्रमण मुक्त भइ सकेकोले हाल नगरपालिकामा कुल ८० जना सक्रिय संक्रमित रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।