विष्णुप्रसाद आचार्य,”चकित”मुसिकोट गुल्मी,
नेपाल विद्यार्थी संघ (नेविसंघ) गुल्मीले कोरोना भाइरस संक्रमणका बिरामीहरुलाई लक्षित गरि तम्घास स्थित गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर मेसन हस्तान्तरण गरेको छ ।
आइतबार नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य सुदर्शन खनालले नेविसंघको प्रतिनिधित्व गर्दै एक थान अक्सिजन कन्सन्ट्रेटर मेसिन अस्पतालका प्रमुख डाक्टर उत्तम पच्या तथा अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेलाई हस्तान्तरण गर्नुभएको छ ।
निवर्तमान केन्द्रीय सदस्य खनालले अक्सिजनको अभावमा कोही पनि संक्रमितले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ नेविसंघले अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको उहाको भनाइ छ ।
नेविसंघले कोरोना भाइरसलाई लक्षित गरि विपद्मा नेविसंघ भन्ने उद्देश्यकासाथ हेलो नेविसंघ अभियान समेत सञ्चालन गरेको थियो ।
सोही अभियानबाट संकलित आर्थिक रकमबाट १ लाख रुपैयाँ बराबरको अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरणल गरेको नेविसंघका कार्यवाहक जिल्ला सभापति राम्जी पन्थीले जानकारी दिनुभएको छ ।
त्यस्तै नेविसंघ जिल्ला कार्य समिति सचिव समेत रहनुभएकी पार्वती कुवरले जिल्ला बासीको साथमा विपद् र महामारीको समयमा नेविसंघ अस्पताल र दीनदुखीसंगै रहेको बताउनुभयो ।
नेपाल विद्यार्थी संघ इतिहासदेखि वर्तमानसम्म विद्यार्थीका मुद्दा र जनसमुदायका हरेक सुख र दुखसंग सधै जानकार र सहयोगी बनेको ताजा इतिहास रहेकोले यस कोरोना महामारोको विपदमा पनि समस्यालाई टुलुटुलु हेरेर बस्न नसक्ने संघका सभापति पाण्डेको भनाइ छ ।
अस्पतालका प्रमुख डा. उत्तम पच्याले महामारीको समयमा नेविसंघले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।
अक्सिजन मेसिन सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस रेसुँगा नगर सभापति छवि पाण्डे लगायत नेविसंघका जिल्लास्थित नेताहरुको सहभागिता रहेको थियो ।
मेसिन हस्तान्तरण कार्यक्रमको सञ्चालन नेविसंघ गुल्मीकी सचिव तथा विद्यार्थी नेतृ पार्वती कुँवरले गर्नुभएको थियो ।