सबैभन्दा धेरै बजेट शिक्षामा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ ।

अर्थ मन्त्री विष्णु पौडेलका अनुसार आगामी आव २०७८/७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । शिक्षा तथा सामाजिक विकास मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब बजेट कार्यान्वयन भइरहेको छ ।
यो रकम पाठ्यक्रम वितरण वितरण, छात्रवृत्तिलगायतमा खर्च हुनेछ । एक विद्यालय, एक स्वास्थ्यकर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने नीति सरकारले लिएको छ ।

बजेटमा विश्वविद्यालयलाई दिने अनुदान अन्तर्गतको १८ अर्ब ३४ करोड समेत समावेश रहेको छ । शैक्षिक पूर्वाधारको काम समेत यसमा रहने छ ।

यो पनि पढनुहोस् सरकारले विद्यार्थीहरुलाई ल्यापटप किखरिद गर्न सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । १ प्रतिशत ब्याजदरमा विद्यार्थीलाई ८० हजार रुपैयाँसम्म ऋण दिइने अर्थमन्त्री बिष्णु पौडेलले बताए ।

उक्त रकम दुई वर्षभित्र तिर्न सकिने उनले बताए । यस्तै १६ वर्ष भन्दामाथि विद्यार्थीलाई निःशुल्क सिम कार्ड दिने समेत अर्थमन्त्रीले घोषणा गरे । आर्थिक बर्ष ०७८/७९ को बजेट भाषणको क्रममा उक्त जानकारी गराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय