बागलुङ : कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । संक्रमणबाट बागलुङ नगरपालिका वडा नम्बर ३ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार स्वास्थ्यमा समस्या आएपछि बैशाख २७ अस्पताल भर्ना भएको उनको शनिबार विहान ३ः४५ मा मृत्यु भएको हो । उनी कोभिड–१९ सँगै निमोनियाबाट समेत ग्रसित रहेको बताइएको छ । शुक्रबार जिल्लाको तमानखोला गाउँपालिका, बरेङ गाउँपालिका र ढोरपाटन नगरपालिकाको गरि ३ जनाको मृत्यु भएको थियो ।- बागलुङ पोस्टबाट
यो पनि पढ्नुहोस् गुल्मी । गुल्मिको मुसिकोट नगरपालिकामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।मुसिकोट नगरपालिका वडा नं. ७ स्थायी ठेगाना भएका ६४ वर्षिय पुरूषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
उनलाई यही जेठ १२ गते एन्टिजेन मार्फत कोरोना संक्रमण पुष्टी भएको थियो । कोरोना संक्रमण पुष्टि भए पश्चात मुसिकोट गरपालिका वडा नम्बर ७ मा रहेको रूद्रावती वहुमुखी क्याम्पसमा निर्माण गरेको अस्थायी कोभिड अस्पतालमा उपचाररत थिए ।
उनलाई जेठ १३ गते स्वास्थ्यमा जटिल समस्या देखिए पछी थप उपचारको लागि पाल्पा रिफर गरिएकोमा बाटोमा लैजादै गर्दा उनको मृ,त्यू भएको वताइएको छ । उनको ज्यान गए सँगै मुसिकोट नगरपालिकामा कोरोना संक्रमणबाट हाल सम्म ६ जनाको ज्यान गएको मुसिकोट नगरपालिकाले जनाएको छ ।