गोविन्द कंडेल, मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ८ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।
संकास्पद लक्षण देखिएका १२ जनाको आज वामीटक्सार स्वास्थ्य चौकी र वडागाउँ स्वास्थ्यचाैकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका ८ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो । दोस्रो भेरियन्टबाट हाल सम्म संक्रमित भएकाहरू मध्ये आज एकै दिन १८ जना संक्रमण मुक्त भएका छन ।
आज संक्रमित हुनेमा मुसिकोट नगरपालिका वडा नं. १ का १ जना पूरूष , वडा नं. ५ का १ जना महिला, वडा नं. ६ का १ जना पूरूष, वडा नं. ७ का २ जना पूरूष र २ जना महिला, वडा नं. ८ का १ जना पूरूष, रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डि.वि.जि.सी.ले सेरोफेरो नेपाललाइ जानकारि दिनु भयो । बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ ।
कोरोना भाइरसको दोस्रो भेरियन्ट मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा १८६ जना नागरिक संक्रमित भइ सकेको नगरपालिकाले जनाएको छ । कुल १८६ जना संक्रमित भएकोमा हाल सम्म संक्रमणका कारणले ५ जनाको मृ,त्यू भइसकेको, १०३ जना कोभिड – १९ संक्रमण मुक्त भइ सकेकोले हाल नगरपालिकामा कुल ७८ जना सक्रिय संक्रमित रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाका सहायक क.अपरेटर दिपेश रानाले वताउनु भयो ।
यो पनि पढ्नुहोस् काठमाडौँ । कोभ्याक्सले नेपाललाई कोभिसिल्ड खोप दिन नसक्ने बताएको छ । भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने भएपछि यसको विकल्पमा अर्को खोप छनौट गर्न समेत आग्रह गरेको छ ।
कोरोना विरुद्धको खोप कम विकसित, विकासशील, विकासोन्मुख देशहरुमा समेत समान वितरणका लागि बनेको ग्लोबल एलाइन्स कोभ्याक्स फ्यासिलिटीले नेपालमा पहिलो चरणमा कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज उपलब्ध गराएको थियो। कोभ्याक्सले नेपाललाई कुल जनसंख्याको २० प्रतिशतका लागि खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।
कोभ्याक्सले मे वा जुन महिना सम्ममा कोभिसिल्ड खोपको बाँकी डोज उपलब्ध गराउने भनेपनि अहिले उक्त खोपको विकल्पमा नयाँ खोप खोज्न नेपाललाई आग्रह गरेको हो। कोभ्याक्सले सुरुवातमा सबै कोभिसिल्ड खोप नै दिने भनेको भएपनि सेरमले तत्काल खोप उपलव्ध गराउन नसकिने भनेसँगै उसले विकल्प माग गरेको हो।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा तारा पोखरेलले भने,‘सेरमले तत्काल खोप दिन नसक्ने भएपछि कोभ्याक्सले त्यसको विकल्पमा कुन खोप नेपालका लागि उपयुक्त हुन्छ भनेर सोधेको छ। हाम्रो खोप सल्लाहकार समितिले त्यस विषयमा छलफल गरिरहेको छ। जुन १ सम्म हामीले त्यसको जवाफ पठाउने छौँ।’
कोभ्याक्सले नेपाललाई कोभिसिल्ड बाहेक कुन खोप उपयुक्त हुन्छ भनेर सोधेकोले त्यसबारे सरकारले निणर्य गर्ने उनले बताए। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले अमेरीकाको जोन्सन एण्ड जोन्सन र रसियाको स्पुतनिक भी खोप पठाउन सकारात्मक रहेको प्रतिउत्तर आएको जानकारी दिए।
यी दुई कम्पनीले अन्तर्राष्ट्रिय मूल्यमा नेपालमा खोप पठाउन सकारात्मक रहेको र आवश्यक छलफल गरिने जवाफ दिएको डा सिंहको भनाइ छ। यी दुई कम्पनीले आधिकारीक एजेन्ट मार्फत खोप दिने विषय पनि पत्रमा लेखेका छन्।