बागलुङ : बागलुङमा कोरोना संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ ।
धौलागिरि अस्पतालको आईसियु कक्षमा उपचार गराईरहेका बागलुङ नगरपालिका—२ का ७९ वर्षीय पुरुषको उपचारकै क्रममा मंलबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरले बताए । गत जेठ ८ गते श्वासप्रश्वासमा समस्या उनलाई देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
बागलुङमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ । – बागलुङ पोस्ट
यो पनि पढ्नुहोस्
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय पुगेको छ।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत चौबीस घण्टामा ६ हजार ४ सय ४ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यसअघि सोमबार ७ हजार १ सय ३५ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए।
गत चौबीस घन्टामा २२ हजार ३ सय ६ पीसीआर तथा ६३० एन्टिजेन परीक्षण भएको छ।