कोरोना संक्रमण  नियन्त्रणमा युवाको सक्रियताले सहज

अनिष पाठक, बागलुङ । कोरोना कहरसँग जुधिरहेको बडिगाड गाँउपालिकालाई विभिन्न व्यक्ति र संस्थाले करिब १३ लाख बराबरको सहयोग गरेका छन् ।

गाँउपालिकामा कोरोना संक्रमण र ज्यान गुमाउनेको संख्या बढ्दै जान थालेपछि यहाँका युवाहरुले सहयोग अभियान सुरु गरेका थिए । सोही अभियानबाट संकलन भएको आर्थिक तथा स्वास्थ्य सामग्री गाउँपालिकालाई सहयोग गरिएको हो ।

गैरआवसीय नेपाली संघ पपुवान्युगिनियाबाट गाउँपालिकालाई प्राप्त ५ लाख सहयोगबाट ३ वटा कन्सनट्रेटर मेसिन, २० बक्स माक्स, सर्जिकल ग्लोब लगायतका स्वास्थ्य सामाग्री, कतारबाट प्रेम श्रीस मगरको नेतृत्वमा संकलित १ लाख ४ सय ५६ रुपैयाँ रकमबाट ५ वटा वेड, जापानमा कार्यरत पौदिवासीहरुको पहलमा ९ वटा ठुलो ग्यास सिलिण्डर र १ वटा सानो गरी १० थान सिलिण्डर जापानमा रोजगारी गर्ने कृष्ण केसी (खाति)ले पालिकालाई आज हस्तान्तरण गरेका छन् ।

यस्तै बडिगाड गाउँपालिका–५ का स्थानीय बिष्णु आचार्यको पहलमा २ लाख ३४ हजार मुल्य बराबरका ३ वटा कन्सनट्रेटर मेसिनसमेत बडिगाड गाउँपालिकालाई प्राप्त भएको अध्यक्ष मेहरसिंह पाईजाले जानकारी दिए । उनले अस्ट्रेलिया र अमेरिकामा रहेका बडिगाडवासीले पठाएको थप स्वास्थ्य सामग्री यहि जेठ १२ गते काठमाडौँ आइपुग्ने बताए ।

पाईजाले प्राप्त स्वास्थ्य सामाग्री कोरोना कहर अवधीभर पालिकाले आवश्यकता अनुसार प्रयोग गर्ने र कोभिड–१९ को महामारी सकिएपछि सहयोगीले तोकेको स्वास्थ्य संस्थामा पु¥याईने बताए । गाउँपालिकालाई प्राप्त सहयोग रकमबाट गाँउपालिकाले ५ सय पिसिआर परीक्षण गर्ने किट खरिद गरेको उनले बताए ।

पाइजाले अबको केही दिनमै परीक्षण थालिने बताउँदै उनले भने, “कोरोना रोकथाम र नियन्त्रणको लागि भन्दै भईरहेको सहयोगबाट हामीले ५ सय पिसिआर परीक्षण किट खरिद गरेका छौँ । केहि दिनमै स्वास्थ्य शाखाको संयोजनमा सबै वडामा शंकास्पदको परीक्षण थाल्छौँ ।”

यहाँका केही युवाहरुले कोरोना रोकथामका लागि आफ्नो वडामा स्वास्थ्य सामग्री उपलब्ध गराउन अनुरोध गर्दै गाउँपालिकाका कर्मचारी राजन पाईजामार्फत सहयोग रकम पठाईरहेका छन् ।

उनले भने, “मैले कसैलाई सहयोग गर्नुस् भनेर भनेको छैन । कति जानाले हाम्रो ठाँउमा यति रकमले यो सामग्री लागिदिनुस् भन्दै त कतिले गाँउपालिकामा स्वास्थ्य सामग्री खरिद गर्नुस भन्दै सहयोग रहम पठाउने गरेका छन् ।”

गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरिक्षक चुडाँमणि कंडेलले युवाको सहयोगले कोरोना रोकथाम तथा नियन्त्रणमा सहज भएको बताए । युवाको सहयोग कै कारण खर्बाङस्थित त्रिभुवन नमुना माविमा पालिकास्तरीय आईसोलेशन तयार भएको बताए । उनले भने, “आवश्यकता अनुसार थप्न सकिने गरी १० बेड, ८ वटा कन्सन्ट्रेटर, १३ वटा ठुलो र ११ साना गरी २४ वटा अक्सिजन सिलिण्डर व्यवस्था गर्न सफल भएका छौँ ।”

उनले अगाडी थपे, “अब अक्सिजन र उपचारको अभावमा कोही मर्नुपर्ने छैन् । यस सन्दर्भमा देश विदेशमा रहनुहुने सम्पूर्ण मानवसेवीहरुलाई धन्यवाद व्यक्त गर्दछु । तपाईंहरुको सहयोगले कोरोनाविरुद्ध लड्न निकै महत्वपुर्ण सहयोग मिलेको छ ।”

खर्बाङमा तयार गरिएको आईसोलेशनमा मेडिकल अधिकृत १ जना, एचए २ जना, स्टाफ नर्स २ जना, एम्बुलेन्स चालक र कार्यालय सहयोगी समेत रहेको बताउँदै बिरामी र कुरुवाको लागि खानाको व्यवस्थापन समेत गरिएको कंडेलले बताए ।

कोराना कै कारण अकालमा कसैले पनि ज्यान गुमाउन नपरोस् र समयमै उपचार गर्न सकियोस भन्दै बडिगाडका विभिन्न वडामा समेत अभियान सुरु भएका छन । स्वास्थ्य चौकी, वडा र स्थानियको पहलमा विभिन्न वडामा अभियान सञ्चालन भईरहेका छन् ।

गैरआवसीय नेपाली संघ पपुवान्युगिनीबाट बडिगाड गाउँपालिकालाई प्राप्त तीन कन्सनट्रेटर मेसिनमध्ये बडिगाड गाउँपालिका–२ खर्वाङमा रहेको आधारभुत स्वास्थ्य इकाई, बडिगाड गाउँपालिका–४ को जलजला स्वास्थ्य चौकी र बडिगाड गाउँपालिका–५ को ग्वालीचौर स्वाथ्य चौकीलाई कोभिड कहरपछि वितरण गरिने गाउँपालिकाका कर्मचारी राजन पाईजाले बताए ।

गाँउपालिकामा कोरोनाको दोस्रो भेरियन्टबाट हालसम्म ८ जनाको ज्यान गईसकेको छ भने संक्रिय संक्रमितको संख्या ६८ रहेको छ ।

यता कोभिड–१९ संक्रमण न्युनिकरण तथा व्यवस्थापन सहयोग अभियान बडिगाड खर्वाङले खर्वाङ आधारभुत स्वास्थ्य इकाइलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बडिगाड गाउँपालिका–२, को प्रत्येक टोलमा पुग्नेगरी स्वास्थ्य सामाग्रि हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य इकाइलाई आवश्यक पर्ने पीपिइ, अक्सिमिटिर, थर्मोमिटर, सेनिटाइजर, सलाइन, सिटामल, मेट्रोडिनाजोल, जीवनजल, डिकोल्ड, मास्क, सावुनलगायतका सामग्री वितरण गरिएको अभियानका संयोजक दिन बहादुर केसि (विष्णु) ले जानकारी दिए ।

प्राप्त सामग्री मध्ये आधारभुत सामग्री वडा नम्बर २ का प्रत्येक टोलमा महिला स्वास्थ्य स्वयंसेविका तथा केही स्थानमा शिक्षकहरुलाई परिचालन गरी वितरण गरिएकाे वडा अध्यक्ष ढाल प्रसाद शेरचनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय