काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, माओवादी सहितका विपक्षी पाँच दलले संसद विघटनविरुद्ध अदालतमा मुद्धा दर्ता गर्ने भएका छन् ।
प्रमुख विपक्षी नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाले बानेश्वरमा बैठक बस्दै सोबारे निर्णय गर्न लागेका हुन् । बानेश्वरम शुरू भएको बैठकमा बैठकमा पछिल्लो घटनाक्रमबारे छलफल हुने जसपा नेता मोहमत इस्तियाक राईले बताउनुभयो ।
उनले भने, ‘बानेश्वरमा सर्वदलीय बैठक गर्ने र हिजो देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जनाकै तर्फबाट अदालतमा रिट हाल्नेबारे छलफल गर्छौं।’
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । दोस्रोपटक प्रतिनिधिसभा विघटन गरी भण्डारीले कात्तिकमा पहिलो र मंसिरमा दोस्रो चरणको चुनाव घोषणा गर्नुभएको थियो ।
उक्त कदमको नेपाली काँग्रेस, माओवादीसहित सरकारपक्षबाहेक अधिकाशं दल तथा नेताहरुले विरोध गरेका छन् ।