बागलुङमा कोरोना संक्रमणबाट एक हप्ताभित्र एकै परिबारका ३ जनाको मृत्यु

बागलुङ : बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ४ मा कोरोना संक्रमणबाट एकै घरका तीन जनाको मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

परिवारकै तीन जनाको मृत्यु भएपछि गाउँमा त्रा;स फैलिएको छ । जलजला गाउँमा केही हप्ताअघि विवाह समारोह भएको थियो । उक्त समारोहमा सहभागी भएकाहरु धेरै संक्रमित भएका छन् । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् ।

उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको बागलुङको धौलागिरी र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो ।

एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । यस घ,टनापछि बडिगाडमा सन्त्रास छाएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ । प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ । विहेभोजमा सहभागीहरुका करिब तीन दर्जन नागरिकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका मध्य धेरैजसो होम आइशोलेसनमा रहेको गाउँपालिकाले जनाएको छ । गाउँभरीका स्थानीयहरुमा ज्वरो, रुघाखोक र कोरोनाको शंकास्पद लक्षण देखिएको बताइएको छ । गाउँपालिकाले संक्रमण रोक्नका लागि हर प्रयास थालेको छ । – बागलुङ पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय