कोरोना संक्रमणका कारण रेसुङ्गा नगरपालिका एक ३८ वर्षीय पुरुषको मुसिकोटमा निधन

भुवन काफले गुल्मी । कोरोना संक्रमणका कारण रेसुङ्गा नगरपालिकाका एक ३८ वर्षीय पुरुषको मुसिकोटमा निधन भएको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका स्थाई ठेगाना भएका उनाको बिहिबार मुसिकोट नगरपालिका वडा नम्बर ५ मा कोरोना संक्रमणका कारण मृत्यु भएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिशीले जानकारी दिनुभयो । रेसुङ्गा नगरपालिकामा स्थाई घर भएका उनि काम गर्ने शिलसिलामा मुसिकोट नगरपालिका वडा नम्बर ५ मा बस्दै आएका थिए ।

उनलाई वैशाख २६ गते वामीटक्सार स्वास्थ्य चौकी गरिएको एन्टिजेन परिक्षणमा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको थियो ।

उनिमा कोरोना भाईरसको सक्रंमण पुष्टी भएपछि उनलाई होम आईसोलेसनमा पठाईएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिशीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् गुल्मी । बिश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहरले गुल्मी जिललाको मुसिकोट नगरपालिका पनि प्राभाबित बन्दै गएको छ ।

कोरोना जोखिम नियन्त्रण गर्नका लागी जिल्लाभर लकडाउन जारि भएपनी कोरोना संक्रमित र कोरोनाका करण ज्यान गुमाउने संख्या दिन प्रति दिन बढि रहेको छ ।

कोरोना संकर्मण यहि गतिमा बढ्दै जाने हो भने मुसिकोट समुदायमा ठुलो बिपत आउन सक्ने देखिन्छ ।

मुसिकोट समुदायमा कोरोना महामारिलाई कम गर्नका लागि हामी सबैले सतर्कता अपनाउनु अति जरुरि छ ।

आफु आफ्नो घरपरिबार र समुदायलाई कोरोना संक्रमण बाट बचाउन अति आबस्यक काम बाहेक घर बाहिर ननिस्कने, निस्कनै परे नक मुख राम्रो संग छोप्ने, माक्स नियमित प्रयोग गर्ने, समय समयमा साबुन पानिले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने, बाहिरबाट घरभित्र आईसकेपछि बन्द कोठामा माक्स नखोल्ने, बिबाह ब्रतबन्द जस्ता सामाजिक कार्यको आयोजना नगर्ने, गर्नै पर्ने भएमा कम्तिमा २ मिटरको दुरि कायम गार्ने, तातो पानि र जडिबुटिको नियमित प्रयोग गर्ने लगायतका सुरक्षाका उपाए अपनाईयो भने हामी कोरोना संक्रमनबाट बच्न सकिन्छ ।

कोरोना संक्रमणबाट बच्न हामि सबै सतर्क बनै,आफ्नो घर वा नजिक कसैमा कोरोनाका लक्ष्ण देखियमा तुरुन्त चेक जांच गराउ यस कोरोना महामारिबाट आफु पनि बचु र अरुलाई पनि बचाउ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय