नेपालमा अभाव देखिएपछि स्वास्थ्य सामाग्री चीनबाट आज आउदै

चीनले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि अनुदानस्वरूप दिएको अक्सिजन सिलिन्डरलगायतका
स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्दैछ ।

अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन वायुसेवा निगमको वाइडबडी विमान हिजो बेइजिङ पुगेको थियो ।

विमानले पहिलो खेपमा चार सयवटा सिलिन्डर ल्याउने छ  ।

चीनले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा गरिसकेको छ ।

भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री भने स्थलमार्गबाट अबको पाँच दिनभित्र तातोपानी नाका आइपुग्ने बताइएको छ ।

स्थलमार्गबाट ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिनलगायतका स्वास्थ्य सामग्री आउन लागेको हो । अर्को सामाचार बिगत करिब डेढ वर्ष अगि देखि वैदेशिक रोजगार जापानमा कार्यरत भएर आफ्नो कमाइको केही अंश सामाजिक काममा लगानी गर्दै आएका गुल्मीका एक व्यक्तीलाई घर आउदा समाजका अगुवाहरुले भब्य स्वागत र सम्मान गरेका छन।

गुल्मी जिल्ला मुसिकोट नगरपालिका छ बराहक्षेत्रमा घर भएका चेतन अर्याल र उनकी धर्म पत्नी इन्दिरा अर्याललाई गाउले हरुले उदाहरणिय काम भन्दै औपचारिक कार्यक्रम गरेरै सम्मान गरेका हुन। समाजसेवि चेतन अर्यालले बिगत धेरै वर्ष पहिले देखि जिल्ला तथा नेपालका धेरै ठाउँमा बिरामी तथा अर्थिक कमजोरीका कारण उपचारबाट बन्चित भएका तथा लाउन खान अपुग भएकालाई तथा जिल्लामा विभिन्न प्राकृतिक बिपत्तमा परेकालाई आफ्नो मासिक खर्च कटाएर तथा खर्च संकलन गरेर प्रदान पनि गर्दै आएका छ्न।

केही वर्ष अगडी गुल्मीको दजाकोटमा आगलागी हुंदा पनि उनको ठूलो सहयोग मिलेको थियो। यस्तै उदाहरणिय काम गर्दै आएका अर्याललाइ खुसी ब्यक्त गर्दै र थप हौसला दिनको लागि भब्य सम्मान गरिएको स्थानीय लालुराम अर्यालले जानकारी दिनुभएको हो।

उनको ती उदाहरणिय लायककाम देखेरै सम्पुर्ण हषोउल्लासका साथ जुटेर सम्मान गरेका हुन।

हालै सोही ठाउको बराहक्षेत्रमा रहेको मन्दिरको आवास गृह निर्माणको लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन।

उनीमात्र होइन, मुसिकोट नगरपालिका अन्तर्गत आँपचौर, कुर्घा, वामी र अर्लाङकोटका कयौं युवा जापान, कोरिया, युरोप र अमेरिकामा रहेका युवाहरुले विश्व सम्पर्क मञ्च गठन गरेर जिल्लाको शिक्षा, स्वास्थ्य क्षेत्रको विकास र विपतमा परेका मानिसहरुको उद्धारमा उल्लेखनीय भूमिका निभाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय