ओली र नेपाल पक्षवीच फेरी शरू भयो छलफल

काठमाडौँ । नेकपा एमालेको संस्थापन पक्ष र माधव कुमार नेपाल पक्षवीच फेरी छलफल शुरू भएको छ ।

सिंहदरबारमा माधव समूहका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट तथा ओली समूहका नेता विष्णु पौडेलवी संवाद शुरू भएको हो । माधव समूहले केहीबेरमा बस्ने संसद बैठकमा उनुपस्थित हुने निर्णय लिएको छ। संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने छन्।

यसअघि माधव समूहका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका थिए। तर राजीनामाबारे मतभेद चुलिएपछि अन्तिम समयमा माधव समूहले संसद बैठकमा अनुपस्थित हुने निर्णय लिएको हो।

यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै समस्या भए संवादमा आउन आह्वान गरेका बेला दोस्रो तहका नेताहरु संवादमा जुटेका हुन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कुनै समस्या भए समाधानको लागि छलफल गर्न आग्रह गर्दै अप्रिय निर्णय नलिन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय