माधव–झलनाथ निकट सांसदहरुको बैठक बस्दै, छलफलका मुख्य बिषयहरु के के ?

काठमाडौंं । माधव–झलनाथ निकट सांसदहरुको बैठक आज बस्दैछ ।

संघीय संसद सचिवालय सिंहदरबारमा बिहान साढे नौ बजे बस्ने बैठकमा सोमबार संघीय संसदमा हुने विश्वासको मतको विषयमा छलफल हुँदैछ ।

आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका उनीहरुले थप छलफल गर्न बैठक बस्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ ।

साढे ९ बजे बस्ने बैठकमा प्रतिनिधि सभाको बैठकअघि माधव झलनाथ पक्षका केही सांसदहरुले राजीनामा दिने÷नदिने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।- अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय