काठमाडौँ । आइतवार ८ हजार ८५० संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयलेका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर र ५०६ एन्टिजेन परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ४ हजार २२ जना डिस्चार्ज भएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४ हजार १९८ जना संक्रमित थपिएका छन्। काठमाडौँमा ३ हजार १ सय ६१, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।