घर वायरिङ गर्ने क्रममा छतबाट खस्दा बागलुङमा एक जनाको मृ-त्यु

कमल पौडेल, गुल्मी: बागलुङको खर्बाङमा घरको छतबाट खस्दा एक जनाको ज्या’न गएको छ। बडिगाड गाउँपालिका वडा नं. २, दनिया निवासी ३९ वर्षिया रन बहादुर रानाको मृ’त्यु भएको हो।

स्थानीय दिपु केसीको घरमा वायरिङ गर्ने क्रममा खस्दा ग’म्भिर घाइते भएका रानाको उपचारको लागि हेलिकप्टर मार्फत पोखरा पठाउने तयारी भैरहेको बेला ज्यान गएको हो।

गिरिङ्दी खोला लघु जलविद्युत परियोजनामा अपरेटरको रुपमा काम गर्दै आएका रानाका श्रीमति सहित २ छोरा र १ छोरी रहेका छन्।

यो पनि पढ्नुहोस् गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ आपचौर घर भै हाल इन्द्रेगौडामा भाडामा बस्दै आएका ४५ वर्षिय एक जना पुरुषको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर ५ आपचौरका वडाध्यक्ष भागिरथ खरेलले दिएको जानकारी अनुसार ४५ वर्षिय पुरुषको को कोरोना संक्रमणका कारण शुक्रबार मृत्यु भएको जनाइएको छ । उनलाइ श्वास फेर्न गाह्रो भएपछी पाल्पा स्थित प्रभास अस्पतालमा लगिएको थियो ।

त्यहा पुगेर बिरामिले मलाई झन गाह्रो भयो मलाइ घर लैजानुपर्यो भनेपछी कोरोनाको लक्षण देखिएकोले परिक्षणको लागि स्वाव दिएर त्यहाँबाट शुक्रबार साझ नै फिर्ता ल्याइएको हो। वडाध्यक्ष खरेलका अनुसार बाटोमा ल्याउने क्रममा रिडिमा आउदा वि कको मृत्यु भएको हो ।

रिडिबाट वडाध्यक्षलाइ घटनाको जानकारी गराउदा जे हुनु भैहाल्यो लिएर आउनु भनेपछी मृतक वि कलाइ मध्यरातको झन्डै १ बजेतिर मुसिकोट नगरपालिकाको इन्द्रेगौडामा ल्याइपुराइयो अनि रातभरी उक्त शवलाइ त्यही गाडिमा नै राखियो ।

अर्को दिन घटनाको बारेमा बुझ्न पाल्पा प्रभास अस्पतालमा सोध्दा मृतकको कोराना पुष्टि भएको खबर अस्पतालले दिएपछि कोरोनाको कारणले नै विकको मृत्यु भएको भन्न सकिएको वडाध्यक्ष भागिरथ खरेलले जानकारी दिनुभयो । उनको वैदेशिक रोजगारि अन्तरगत कतारको लागि भिजा लागेको र त्यसैको कामको लागि केही दिन अगाडि काठमाडौं गएर आएको र केही दिन अगाडि उनका छोराहरु भारतबाट आएकोले पनि कोरोना संक्रमण भएको हुन सक्ने वडाध्यक्ष खरेलले बताउनुभयो

अन्ततः शनिबार उनलाइ उपचारका क्रममा पाल्पा लगेर ल्याउनेहरुकै सहयोगमा अन्तिम सस्कार पनि गरिसकिएको खरेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय