कोरोना संक्रमणले नयाँ रेकर्ड कायम, कति छन त आजका संक्रमित ?

काठमाडौँ । नेपालमा कोरोनाभाइरस संक्रमणको नयाँ रेकर्ड कायम हुने क्रम चलिरहँदा विहिबार ९ हजार भन्दा धेरै सक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।

यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस् मुसिकोट नगरपालिका गुल्मीमा आज थप १ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका २ जनाको आज वामीटक्सार स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षणमा नगरपालिकाको वडा नं ७ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै नगरपालिकामा सक्रिय संक्रमितको संख्या ६१ पुगेको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि.वि. जि.सी.ले जानकारी दिनुभयो ।

आजका संक्रमित एक जना वडा नं. ७ स्थायी ठेगाना भएका सवारी चालक रहेको वताइएको छ । उनिहरूमा ज्वरो रुघा खोकी लगायतका समस्या देखिए पछि स्वास्थ्य चौकीमा ऐन्टिजेन परिक्षण गरीएको स्वास्थ्य संयोजक जि.सी.ले वताउनु भयो ।

रुघाखोकी र ज्वरो देखिए पनि उनको अवस्था सामान्य रहेको र अहिले होम आईसोलेनमा पठाईएको उहाँले बताउनुभयो ।

यसै विच मुसिकोटमा हाल संक्रमित भएका ६१ जनाको स्वास्थ्य अवस्थाको वारेमा सेरोफेरो नेपाल.कम सँग कुरा गर्दै जि.सी.ले संक्रमितहरू मध्ये वडा नं. ६ का १ जना पूरूषको स्वास्थ्यमा केही जटिल समस्या देखिए पछी थप उपचारको लागि यहाँबाट जिल्ला अस्पताल पठाइएको र त्यहाँ वेड उपलव्ध हुन नसके पछी तहाँबाट वुटवल रिफर गरिएको वताउनु भयो ।

त्यसै गरी वडा नं. ७ का एक जना पूरूषमा मध्यम खालको समस्या भएको र पारिवारिक सल्लाहमा थप उपचारका लागि चितवन गएको र वाँकी सवै संक्रमित हरूले होम आइसोलेसनमा नै स्वास्थ्य उपचार गराइ रहनु भएको साथै अवस्था जटिल नरहेको वताउनु भयो ।

अवस्था जटिल नभए पनि सवै संक्रमितमा कुनै न कुनै प्रकारका लक्षणहरू रहेकोले सजग भने हुनु पर्ने उहाँले वताउनु भयो । एक अर्को प्रसङ्गमा कुरा गर्दै उहाँले हाललाइ लक्षण देखिएका विरामि परिक्षणको लागि एन्टिजेन किटको अभान नरहेकोले सँक्कास्पाद लक्षण देखिएमा सम्पर्कमा आइ परीक्षण गर्न सकिने वताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय