मुसिकोटमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी,

कंडेल, मुसिकोट गुल्मी । २० वैशाख २०७८ । मुसिकोट नगरपालिका गुल्मीमा थप ३ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ । संकास्पद लक्षण देखिएका ९ जनाको आज वामीटक्सार स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षणमा नगरपालिकाको वडा नं. ६ का २ जना र १ जना गरी ३ जनामा कोरोना सक्रंमण पुष्टी भएको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।

संक्रमितहरू वडा नं. ६ का जना शिक्षक र वाँकी २ जना समुदाय स्तरका व्यक्ती जि.सी.ले वताउनु भयो ।

उनिहरूमा ज्वरो, रुघा खोकी लगायतका समस्या देखिए पछि स्वास्थ्य चौकीमा ऐन्टिजेन परिक्षण गरीएको वताइएको छ ।

रुघाखोकी र ज्वरो देखिए पनि उनिहरुको स्वास्थ्य अवस्था जटिल नरहेको र अहिले होम आईसोलेसनमा पठाईएको जि.सी.ले बताउनुभयो ।

यसै विच मुसिकोट नगरपालिकामा हाल सम्म सक्रिय संक्रमितको संख्या ५२ पुगेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय