नेपालमा ७२ सय बढी संक्रमित थपिए, २७ जनाको मृत्यु

काठमाडौं । आइतबार नेपालमा कोरोनाभाइरसका ७,२११ जना संक्रमित थपिएका छन् । यो संख्या हालसम्मकै धेरै हो । शनिबार नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए ।

१६ हजार १४७ पीसीआर र ६२३ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । सक्रिय संक्रमित संख्या ४८ हजार ७११ पुगेको छ ।

यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २७ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय २५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ५९५ जना संक्रमित थपिएका छन्। काठमाडौँमा २ हजार ७४४ ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।- ज्योतिन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय